मंसिर २३ काठमाडौ/    विश्व सम्पदा हनुमानढोका देखि विश्वसम्पदा स्वयम्भु सम्मको पदमार्गको कार्य अब शुरु हुने भएको छ ।पदमार्गको विकासको लागि माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाक्री सहित उपस्थितिमा पर्यटन मन्त्रालयमा बैठक सम्पन्न भएको छ ।

वैठकमा माननीय जीवनराम श्रेष्ठ, सचिवद्वय महेश्वर न्यौपाने, सचिव, मणिराम गौतम, पुरातत्व विभाग महानिर्देशक दामोदर गौतम, ईश्वरमान डंगोल प्रबक्ता एंवम १५ वडा अध्यक्ष, भीमसेन राजवाहक, शैलेन्द्रमान बज्रचार्य, दिल्ली रत्न तुलाधरको उपस्थित हुनुहुन्थ्यो ।

बैठकले विश्व सम्पदा सुचिमा रहेको हनुमानढोका दरवार क्षेत्र र स्वयम्भु क्षेत्रलाई हेरिटेज ट्रेलको रुपमा विकास गर्ने निर्णय गरेको छ । त्यसको लागि माननीय जीवनराम श्रेष्ठको संयोजकत्वमा ५ जनाको स्टेरिङ्ग कमिटी गठन गरेको छ।कमिटीमा सदस्यहरु ईश्वरमान डंगोल प्रबक्ता एंवम १५ वडा अध्यक्ष दामोदर गौतम महानिर्देशक पुरातत्व विभाग, टेक नारायण पौडेल उपसचिव, पदम मैनाली महानिर्देशक शहरी विकास विभाग रहनु भएको छ । कमिटीले १० दिन भित्र (टोओआर) अनुसार प्रतिवेदन पेश गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय