श्रम तथा रोजगार मन्त्रालयले नेपालमा नै रोमानिया मिशन स्थापना गर्ने भएको छ।मित्रराष्ट्र रोमानियामा वैदेशिक रोजगारीमा जान चाहाने नेपाली नागरिकहरुले त्यहाँबाट Employment Contract प्राप्त गरिसकेपछि भीषा प्राप्तिका लागि आवेदन गर्न छिमेकी मुलुक भारतमा रहेको रोमानियनराजदूतावासमा जानुपर्ने अवस्थाका कारण धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको अतिरिक्त समय र पैसा खर्च भएको भन्ने जनगुनासोलाई सम्बोधन गर्नसम्बद्ध निकायको समन्वयमा नेपाली नागरिकहरुले रोमानियामा प्राप्त गरेका रोजगारीहरु गुम्न नदिन र रोमानिया प्रवेशको लागि आवश्यकभीषा प्रकृयालाई. सरल, सहज र पहुँचयोग्य बनाउन काठमाडौंस्थित श्रम तथा रोजगार कार्यालय,ताहाचलको परिसरमा अस्थायी रुपमा रोमानियन मिशन स्थापना गरिएको छ ।

 

उक्त मिशनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहाने नेपाली नागरिकहरुको भीषा आवेदन प्रकृयाको सहजिकरण गर्नेछ । रोमानियन मिशनले प्रवाह गर्ने सेवा प्रकृयामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ । नेपालबाट रोमानियामा वैदेशिक रोजगारीको सन्दर्भमा जान चाहने नेपाली नागरिकहरुले नेपालमा अस्थायी रुपमा स्थापना गरिएको रोमानियन मिशनले तोकेको भीषा शुल्कबाहेक कहिँकतै कुनै प्रकारको रकम नबुझाउन वा अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न सम्बद्ध सबैमा मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।

साथै, रोमानियन अधिकारीहरुसँग चिनजान छ भनी वा अन्य कुनै प्रकारबाट नेपाली नागरिकलाई प्रलोभनमा पारी कुनै प्रकारबाट ठगी गरेमा वा रकम असुल गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने भएको हुँदा कसैले पनि यस्ता गैरकानूनी कृयाकलापमा संलग्न नहुन र कोही यस्तागैरकानूनी कृयाकलापमा संलग्न भएको सूचना कसैसँग भएमा यस मन्त्रालयमा रहेको कल सेन्टर १६६००१५०००५ वा ११४१ मा सम्पर्क गरी त्यस्तो सूचना दिनुहुन मन्त्रालय हार्दिक आव्हानगर्दछ भनी सूचना प्रकाशन गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय