मंसिर ९ /सर्लाही काठमाडौ सम्पर्क समवन्य समितीको बृहत सम्मेलन भेला आयोजना भएको छ।उक्त भेला बाट शंकर रायमाझीलाई अध्यक्षमा चयन गरेको थियोे।
सो बृहत सम्मेलन बाट ५५ सदस्यीय सहितको कमिटी गठन गरेको छ भने निर्वाचित हुनेहरुमा उपाध्यक्ष मणि आचार्य ,रमेश वाग्ले, घनश्याम माझी ,सचिबमा शम्भु नेपाल ,सह-सचिब ई. चन्दन सिंह “कुन्दन” कोषाध्यक्ष रन्जु कार्की सहित ५५ सदस्यीय बृहत कमिटी गठन गरेको हो।
आज भएको कार्यक्रममा माओवादी केन्द्रका नेता लगायत अन्य ब्यक्तिहरुको उपस्थिती रहेको थियोे।भेलामा नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य देबेन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए भने केन्द्रिय सदस्य एवम प्रदेश नम्बर २ को अध्यक्ष प्रल्हाद बुढाथोकी बिशिस्ट अतिथि तथा शिक्षा राज्यमन्त्री बोधमाया यादव अतिथि एवम २ नम्बर सम्पर्क समन्वय समिति अध्यक्ष सुनिता यादव सहितको आतिथ्यमा नेकपा माओवादी केन्द्र सर्लाही काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलन भब्यता पुर्वक सम्पन्न गरेको थियोे ।







