संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि नवनिर्मित धरहरा अस्थायीरूपमा सर्वसाधारणका लागि खुला गरिँदैछ।
मन्त्रिपरिषद्को निर्णयअनुसार धरहरा अस्थायीरूपमा सञ्चालनमा ल्याइने भएको हो। शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले धरहरा चढ्न कुनै शुल्क नलाग्ने जनाएको छ।
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार धरहराको अवलोकन गरेका थिए। उनले अस्थायीरूपमा एक दिनमा अधिकतम पाँच सय जनाले निशुल्क चढ्न पाउने जानकारी दिएका छन्। धरहरा सञ्चालनको पूर्ण कार्यविधि बनेपछि स्थायी रूपमा सञ्चालनको तयारी भइरहेको मन्त्री सिंहले बताएका छन ।







