सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेसँगै, नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक पुन: सुचारु गर्ने निर्णय गरेको छ। शुक्रबार प्राधिकरणले एक सूचना जारी गर्दै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई टिकटक सेवा सुचारु गर्न निर्देशन दिएको छ।

भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। तर, प्राधिकरणबाट औपचारिक जानकारी नआएसम्म केही सेवा प्रदायकहरूले प्रतिबन्ध हटाएका थिएनन्। प्राधिकरणले औपचारिक सूचना जारी गरेसँगै अब टिकटक सेवा पुन: संचालनमा आएको छ।

याद गर्नुपर्ने कुरा के छ भने, अघिल्लो वर्ष कार्तिक २७ गते तत्कालीन सरकारले सामाजिक सद्भावमा असर पर्ने सामग्रीहरू फैलिएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। अहिलेको सरकारको यो निर्णयले टिकटक प्रयोगकर्ताहरूलाई राहत मिलेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय