बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ अवस्थित चुनिखेल एक पुरानो नेवारी बस्ती हो जसको नामाकरण पनि चुनिदेबि मन्दिर बाट रहन गएको भनि तथ्य हरु रहेको पाईन्छ। यहाँका स्थानिय बासी हरुका अनुसार उक्त मन्दिर निकै पुरानो रहेको पनि बताएका छ्न।
यस बुढानिलकण्ठ नगरपालिका स्थित वडा नम्बर १३ को चुनिखेल धर्म,सस्कृती र सम्पदा, कला र पहिचान बोकेको ऎतिहासिक मन्दिर चुनिदेबि मन्दिर बिगत २०७० सालको भुकम्प बाट क्षति भएको थियोे र यो बर्ष को बर्षा का कारण जिर्ण हुँदै गएको अवस्था थियो।यस बुढानिलकण्ठ नगरपालिका १३ का वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठ को बिशेष पहल मा बिभिन्न चरणको छलफल पछी यस पुनर्निर्माणले मुर्तरुप लिएको हो भने नेपाल पुरात्त्व बिभाग् बाट मौलिक कलात्मक शैलीमा निर्माण हुने भनिएको मन्दिर पुर्ननिर्माणमा जसको लागत करिब १६५००००० ( एक करोड पैसाठी लाख ) लाग्ने अनुमान गरिएको छ । अब छिट्टै नै निर्माण कार्य चाडै शुरु हुने भएको छ।
सो मन्दिरको पुर्ननिर्माण को लागि समितिको गठन गरिएको छ। २१ सदस्य समिति गठन भएको हो। उक्त समितिको अध्यक्षतामा सागर श्रेष्ठको नेतृत्व सो पुनः निर्माण समितिलेे गति लिने भएको हो।







