काठमाडौं, २८ भदौ / सामाजिक अभियान्ता नयेन्द्र चौलागाईंको अगुवाईमा विगत तीन महिना अघिदेखि बिना गल्ती ज्यान मार्ने प्रयास गरेको आरोपमा पाँच वर्षे सजाय पाएकी नेपाली चेली प्रतिमा शाक्यको अवस्था अहिले सकुशल रहेको जानकारी प्रदान गरेको छ। अदालतबाट विशेष अनुमति लिएर प्रतिमालाई भेट्ने मौका पाएको र सो सम्बन्धमा चौलागाईंले उनका परिवारजनलाई यस विषयको जानकारी दिएका छन ।

सामाजिक अभियानता नयेन्द्र चौलागाईंले प्रतिमालाई भेटेर उनिसँग कुराकानी गरेको थियोे । प्रतिमा शाक्यले परिवारलाई आफ्नो हालको अवस्थाबारे जानकारी दिँदै आफूलाई कुनै पनि प्रकारको अप्ठ्यारो नभएको र आफ्नो परिवारमा सबै राम्ररी रहेको बताउनुभएको छ। उनले परिवारलाई चिन्ता नगर्न समेत आग्रह गरेको भनी बताएको छ ।

उक्त भेटघाटपछि अभियान्ता नयेन्द्र चौलागाईंले प्रतिमा शाक्यलाई आगामी १४ नोभेम्बर २०२४ मा हालको जेलबाट खुला कारागारमा पठाउनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ। खुला कारागारमा पठाइसकेपछि चौलागाईंले प्रतिमालाई हप्तामा एक दिन भेट्न पाउनेछन्।

प्रतिमा शाक्यलाई बन्दी कारागार बाट खुल्ला कारागारमा सिफ्ट गर्ने र उनको बचाव र कानुनी प्रक्रियामा सहयोग गर्ने डा. बिनोद शाह र लगायतका अन्य सबैलाई अभियान्ता नयेन्द्र चौलागाईंले धन्यवाद व्यक्त गरेको छ ।

अभियान्ता टर्की नेपाल संस्कृति मैत्री संघका कोरटिम सदस्य पनि हुन भने उक्त संस्था ट्र्कि मुलुकमा  कानुनी मान्यता प्राप्त नेपालीहरुको प्रमुख संघ पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय