नेपालको राजनीतिमा एकप्रति अर्को तुच्छ टिप्पणी गर्ने परम्परा निरन्तर पहिलादेखि चलिआएको छ यहीक्रममा एमालेका वरिष्ट उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौ गठबन्धनमा आवद्ध रहेका दलहरुलाइ गन्तव्यहीन, सिद्धान्तहिन तथा बिचारहिन भनी खरो आलोचना गरेका छन।

एमालेका बरिस्ठ उपाध्यक्ष पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गर्ने जादाको समयमा पत्रकारहरुले सो सम्बन्धि प्रश्न गर्दा उक्त अभिव्यक्ति दिएको हो ।

काठमाडौ क्षेत्र नम्बर ५ मा संघ तर्फ मंसिर ४ गतेको निर्वाचनमा सो क्षेत्रबाट एमालेबाट चुनावी मैदानमा छन भने नेपाली काङ्ग्रेसको तर्फबाट युवा नेता प्रदिप पौडेल रहेका छन साथै सोही क्षेत्रमा रन्जु दर्शना लगायतका स्वतन्त्र उम्मेदवारपनि चुनावी मैदानमा रहेकोे छ ।

काठमाडौ क्षेत्र ५ को राजनीतिक परिदृष्यलाई आगामी भविष्यको नतिजालाई आकलन गर्दा गठबन्धनमा अहिले पनि नेपाली काङ्ग्रेसको संघ लगायत दुईवटा प्रदेशमा उम्मेदवार रहदा गठबन्धनले निर्णय गरिएअनुसार नेकपा एकीकृत समाजवादीलाई एकवटा प्रदेशमा दिने भनिएता पनि निर्वाचन आयोगले उम्मेदवारी फिर्ता समयावधी घन्किसक्दा उम्मेदवार कायम रहदा गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र पुर्ण असन्तुष्ट रहेको सोही दलका नेताहरुले सामाजिक संजालमा देखाउने ब्यवहार बाट स्पस्ट हुन्छ।

यसरी काठमाडौ क्षेत्र ५ मा मुख्य चुनावी मैदानमा प्रतिस्पर्धि  रहेका दल एमाले र नेपाली काङ्ग्रेसको नै हो भन्दा फरक नपर्ला यद्यपि नेपाली काङ्ग्रेसले गठबन्धनका अरु दलहरुलाई समेट्न नसक्दा स्थानिय तहको निर्वाचनमा प्राप्त मत र यस अघिको निर्वाचनमा प्राप्त मत लाई आकलन गर्दा नेकपा एमालेका वरिष्ठ उपाध्यक्षलाई निर्वाचनम जित हासिल गर्न सहज बाताबरण निर्माण भएको अहिले चर्चाको विषय रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय