माननीय जीवन राम श्रेष्ठले आफ्नो क्षेत्रमा कोभिड १९ बारे जागरण अभियान संचालन गरिरहनु भएको छ ।
अभियानकै सिलसिलामा आज १३ वडाको भीममुक्तेश्व पुग्नु भएको छ ।
कोभिड सम्बन्धि जनचेतना अभियानमा स्थानीय बासिन्दाहरूको घरघरमा गएर माक्स, हात धुने साबुन र क्यालेन्डर वितरण गर्ने कार्य गर्नु भएको छ ।

उक्त अवसरमा कामपा १३ वडाका पूर्वअध्यक्ष राम शरण डंगोल र स्थानीयको उपस्थिति रहेको थियो ।

माननीय श्रेष्ठको सकृयतामा आनन्दकुटी विद्यापिठ, स्वयम्भु ५० बेडको आईसोलेसन केन्द्र समेत संचालन गर्नु भएको छ । सो आइसोलेसन केन्द्रमा आफ्नो क्षेत्रका लागि मात्र नभई अरू क्षेत्रका सेवाग्राहीले पनि स्वास्थ लाभ गरिरहनुभएको छ। सो केन्द्रमा डाक्टर, नर्स एवं आवश्यक स्वास्थ सामग्रीको व्यवस्था गरिएको छ । स्वयम्भु आइसोलेसन केन्द्रमा नि:शुल्क सेवा उपलब्ध भइरहेको जानकारी माननीय श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय