आज दिउँसो हेटौँडा र काठमाडौंलाई जोड्ने दुई प्रमुख सडकमा वर्षासँगै खसेको पहिरोका कारण यातायात ठप्प भएको छ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी कुलेखानी फर्पिङ सडकखण्डमा ठूलो मात्रामा लेदो खसेर सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले यस क्षेत्रका अवस्था अत्यन्त गम्भीर रहेको जनाए।

त्यसैगरी, कान्तिलोकपथमा पनि भीमफेदी गाउँपालिका–८ महादेवटार क्षेत्रमा खसेको लेदोले सडकको दुवैतर्फको यातायात रोकिएको छ। दुवै सडकमा पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय