बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ को आज गठबन्धन दलको संयुक्त बैठक बसेको छ । नेपाली काङ्ग्रेस माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीको आज बसेको बैठकमा संयुक्त वडास्तरिय निर्वाचन परिचालन कमिटी समेत गठन भएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ नेपाली काङ्ग्रेसको संयोजकत्वमा बसेको बैठकमा स्थानिय तहको निर्वाचनमा प्राप्त परिणामको समिक्षात्यक धारणा प्रस्तुत गर्दै सुरु भएको बैठकमा बूढानीलकण्ठ नगरपालिकामा गठबन्धनको विषयलाई निर्वाचन अगाडी नै टुंगो नलाउदा सोच जस्तो परिणाम नआएको र नेपाली काङ्ग्रेस माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले प्राप्त परिणाम प्रती आत्मसमिक्षा गरेका थिए ।

नेपाली काङ्ग्रेसका बूढानीलकण्ठ वडा १३ सभापति भाइनारायण श्रेष्ठले स्थानिय तहको निर्वाचन प्राप्त मत जे जस्तो भए पनि अब आउँदा संघ र प्रदेशको निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित हासिल गर्छ भनी आफ्नो बिचार राखेक थिए भने माओवादी केन्द्रका बूढानीलकण्ठ नगरकमिटी अध्यक्ष भाइनारायण श्रेष्ठले पनि उक्त बिषय सहमति जनाएका थिए साथै बैठक उपस्थित भएका बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३नेकपा एकीकृत समाजवादीका अध्यक्ष सरोजराज श्रेष्ठले संविधानको रक्षार्थ गठबन्धनको उम्मेदवारहरुले काठमाडौ क्षेत्र नम्बर ४ मा जित्ने कुरामा ढुक्क रहेको बताएका थिए ।

काठमाडौ क्षेत्र नम्बर ४ मा संघमा नेपाली काङ्ग्रेसका उम्मेदवार गगन थापा र प्रदेशमा नेकपा एकीकृत समाजवादीको तर्फबाट कुसुमकुमार कार्की नै यकिन नभएपनि जो उम्मेदवार आए पनि गठबंधनको उम्मेदवारको रुपमा आउने हुँदा आउँदा निर्वाचनमा विजयीको सुनिश्चित रहेकोे बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ का गठबन्धनका नेताहरुको एकजुट रहेकोे सन्देश पनि दिएको छ ।

नेकपा एकीकृत समाजवादी काठमाडौ क्षेत्र ४(२) को तर्फबाट गठबंधनका उम्मेदवार कुसुमकुमार कार्कीले संयुक्त घोषणापत्र निर्माण गर्न सकिने र त्यसका आगि वास्तवमा के के समस्याहरु छन ती सबै विषयहरु समेत्न सकिने आफ्नो विचार राखेको थिए साथै कार्कीले पनि यसपालीको उम्मेदवार गठबंधनको उम्मेदवार हुनेकुरासँग आफू सहमत रहेकोे बिचार पनि बैठकमा राखेका थिए ।

आज भएको बैठकमा नेपाली काङ्ग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पाँच पाँचजनाको प्रतिनिधि सहित निर्वाचन परिचालन कमिटीको संयुक्त मोर्चा बनाइ निर्वाचनको आगामी कार्यतालिका लगायत बैठकहरु भेटघाट कार्यक्रमहरु आयोजना गरिने भनी बैठक समापन गरिएको थियो।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय