भदौ १३,काठमाडौ/बागमती अन्लाईन खबर
नौलिन मावी बुढानिलकण्ठ -१३ मा पहिरो जाँदा संरचनामा क्षति पुगेको छ। भाद्र १३ गते दिउसो गएको पहिरोका कारण भवनको पर्खाल भत्किएको छ भने भवन पनि जोखिममा परेको छ ।
चुनिखेल नौलिन माबिको पर्खाल लडेर एउटा मोटर साइकल र घर लाई क्षति पुगेको वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिएका छन। अहिले नगरपालिकाको RRT घटनास्थलमा गएको छ।








