काठमाडौं २८ /नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाको संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ ।

श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नं ८ बाट निर्वाचित सांसद पनि रहेकोे छ्न।पार्टी अध्यक्ष माधवकुमार नेपाल सहितको हिजो बसेको संसदीय दलको बैठकले नेकपा एकीकृत समाजवादीको पार्टीका तर्फबाट प्रतिनिधि सभामा श्रेष्ठलाई चयन गरिएको हो भने राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको हो ।

गत भदौ २ मा नेकपा (एमाले) बाट विभाजन भएर यस एकीकृत समाजवादी पार्टी गठन भएको थियो। हालै यस पार्टीले पार्टी निर्माणका कामहरुलाई तिब्रगती प्रदान गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय