“रक्तदान जिबनदान,महादान” नाराको साथ आज बुढानिलकण्ठ ३ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।कोभिड १९ को दोस्रो भेरिएन्ट नेपालमा देखिए सङगै यस बाट मुलुक अहिले निषेधाज्ञा गरिएको अवस्था छ । यस विषम परिस्थितिमा रगत को अभावले कोहि नेपाली जनता पीडित हुन नपरोस् भन्न्नि अभिप्रायले यस कार्यक्रमको आयोजना गरिएको हो।

रेडक्रस नेपाल को मोबाइल रक्तदान कार्यक्रम अन्तरगत प्रत्यक शनिबार आयोजना गर्न गरिएको जानकारी दिदै कार्यक्रमका आयोजकको तर्फबाट उतम श्रेष्ठले जानकारी दिनुभएको हो। सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा न ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले यस विषम परिस्थितिमा रक्तदान कार्यक्रम आयोजना गर्नु भएकोमा आयोजक लगायत कार्यक्रमलाई सहयोग गरिदिनु हुने प्रती कृतज्ञता व्यक्त गर्दै रक्तदाता हरु लाई प्रमाणपत्र बितरण गर्दै सबैजना लाई कोभिड विरुद्धको लडाइँ हामी एक आपसी नेपालीहरु निषेधाज्ञाको पुर्ण पालन गरि दिनु हुन अनुरोध का साथमा धन्यवाद व्यक्त गर्नु भएको थियोे ।








