काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज विहान ९ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने भएको छ ।
बैठकमा विधान महाधिवेशनका प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे बैठकमा छलफल हुने छ । त्यसका अलवा पार्टी विभाजन र संसदमा एमालले खेल्नुपर्ने भूमिकाबारे पनि छलफल हुने बताइएको छ ।







