एनओसीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले एनओसी भवनमा अल्पाइन स्की खेलाडी श्री सफलराम श्रेष्ठलाई बिदाइ गरे । श्री सफल बेइजिङ शीतकालीन ओलम्पिकको तयारीका लागि डिसेम्बर ९, २०२१ मा पगानेला स्की रिसोर्ट, ट्रेन्टो, इटाली जाँदै हुनुहुन्छ।
श्री सफलले इटालीबाट जनवरी १६, २०२१ सम्म हुने विभिन्न अन्तर्राष्ट्रिय एफआईएस च्याम्पियनसिपमा पनि भाग लिनेछन् ।
नेपाल स्की एसोसिएसनका अध्यक्ष समेत रहेका एनओसी अध्यक्ष श्रेष्ठले खेलाडीलाई शुभकामना दिँदै आफ्नो खेलमा ध्यान दिन र मिहिनेत गरेर आफूलाई राम्रो बनाउने प्रयास गर्न सुझाव दिए ।
कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक श्री चतुरानन्द राजवैद्य, एनओसीका महासचिव श्री नीलेन्द्रराज श्रेष्ठ, नेपाल स्की संघका महासचिव श्री विजय श्रेष्ठ, एनएसएका सचिव श्री बसन्तराज कार्की र एनएसएका सदस्यहरूको उपस्थिति थियो। अर्जुन महर्जन पनि उपस्थित थिए ।







