काठमाडौ   / बुढानिलकण्ठ नगरपालिकामा अहिले नेकपा एकीकृत समाजवादीको संगठन बिस्तारको कार्य  तीब्ररुपमा  वडाहरुमा कमिटी बन्ने क्रम रहेकोे छ। यहि क्रममा नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ  वडा १३ वडास्तरिय कमिटी गठन भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेल अव्स्थित कन्ट्रिसाइड रिसोर्टमा  भएको भेलाले सरोजराज श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय सहित कमिटी गठन गरेको हो।

बुढानिलकण्ठ वडा नं १३ कमिटीको उपाध्यक्षमा रिता बस्नेत र अन्जन  श्रेष्ठलाई चयन गरेको सो भेलाले सचिवमा नबिन चौलागाईलाई चयन गरेको छ भने उपसचिवमा दल बहादुर थामी र श्रीदेवी तामाङ्ग चयन भएका छन।

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटी सदस्य  बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता र वडा इन्चार्ज  माधवलाल श्रेष्ठको सभापतित्वमा भएको भेलाले विजय थापा ,अन्जना श्रेष्ठ ,राजन श्रेष्ठ ,साजन श्रेष्ठ ,सानु श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ ,राजेन्द्र केसी ,बिकेस श्रेष्ठ ,दिपक राजलवट,सानु राज श्रेष्ठ र रोसन श्रेष्ठलाई सदस्यमा चयन गरेको छ।उक्त वडास्तरिय कमिटी गठन कार्यक्रम  नेकपा एकीकृत समाजवादी जिल्ला कमिटीका उप सचिव तथा क्षेत्रीय अध्यक्ष धुर्वराज न्यौपाने , जिल्ला सदस्यहरु राजाराम भण्डारी, इन्द्र डंगोल ,क्षेत्रीय सचिव पुरुषोत्तम नेपाल लगायत अनेरास्ववियुका नेताहरु लगायतको उपस्थिति रहेको थियो।

नेकपा एकीकृत समाजवादी पार्टीको अहिले देशभर संगठन बिस्तार लगायत साना राजनैतिक दलहरुलाई समाहित गर्न तथा समानान्तर कमिटीहरुलाई मुल पार्टीमा  समाहित गर्न काम तीब्र गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय