सर्बोच्च अदालतले प्रेस बिज्ञप्ति मार्फत आज देश भरीका अदालत बन्द हुने जानकारी उल्लेख गरेको छ।उक्त बिज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वाेच्च अदालतसहित देशभरका अदालत बन्द रहने छन् ।  सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आज आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो ।

पूर्वप्रधानन्यायाधीश शर्माको असामयिक निधनमा शोक मनाउन नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत तथा अन्य अदालत र न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने भनी सर्बोच्चको बिज्ञप्ति निर्णयमा उल्लेख छ ।२०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मंसिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए ।

सर्वोच्चले आफ्नो विज्ञप्तिमा शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्यायपालिको मूल्य मान्यता स्थापित गर्न र न्याय तथा कानुन क्षेत्रको विकासका लागि अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय