यदि तपाईंको राहदानी(पासपोर्ट) हरायो भनि नयाँ बनाइसकेका छ भने फेरि पुर्न पुरानो राहदानी बोकेर बिदेशको यात्रा गर्दै हुनुहुन्छ भने तपाईंलाई समस्यामा पर्न सक्छ । पुरानो राहदानी बोकि बिदेशको यात्रा गर्न बन्चित गरेको छ भनी थाहा नहुदा धेरै नेपालीहरु पक्राउ समेत परेका छ।

हरायो भन्दै नयाँ राहदानी बनाउने र फेरि उहीँ पुरानो बोकेर यात्रा गर्दा जुनसुकै देशमा पक्राउ पर्न सक्छ।हरायो भनी जानकारी गराएका राहदानीहरुको विवरण इन्टरपोलमा पठाउने गरिन्छ।नेपाल पनि इन्टपोलको सदस्य रहेकोे छ भने अहिले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा हराएका राहदानी(पासपोर्ट) तथा नक्कली कागजात पता लगाउने (माइन) मेसिन राखिएको छ।

सन २०१४ यहाँ करिब २ लाख ५३ हजार २०९ वटा राहदानी हराएको छ। भने ती हराएका भनिएको राहदानी सबै विवरणहरु इन्टपोलमा राखिएका छन।अध्यगमन बिभाग प्रमुख बिष्णुकुमार के.सि ले दिएको जानकारी अनुसार अहिले विमानस्थलमा एसएलडिटि प्रविधिद्वारा त्यसता हराएका भनिएको राहदानी बोकेर यात्रा गर्ने लागेको तुरुन्तै पता लाग्ने छ।तयसै गरि अध्यागमन महानिर्देशक नारायणप्रसाद भट्टराईले दिएको जानकारि अनुसार विदेशमा यात्रा गर्दाहोस यात विदेशबाट स्वदेशमा यात्रा गर्दा बैधानिक प्राप्त गरेको कागजात बोकेर मात्र यात्रा गर्न भनी अनुरोध गरेका छन। बैधानिक प्राप्त कागजात लिएर यात्रा नगर्दा जतिबेला र जुनसुकै देशमा समस्या पर्ने सक्छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय