हिमाली जिल्ला मुस्ताङमा शुक्रबारबाट स्की प्रशिक्षण सुरु भएको छ । उक्त प्रशिक्षण मुस्ताङ जिल्लाको बाह् गाउँ मुक्ति क्षेत्रमा सुरु भएको हो । प्रशिक्षणमा नेपालका १० महिला र २० पुरुष गरी ३० जना खेलाडी सहभागी भएका छन् । प्रशिक्षणमा स्थानिय युवाहरुलाई समेत समेटिने भए पछि सहभागिता वढ्न सक्ने उक्त प्रशिक्षणमा सहभागि नेपाल स्की संघका अफिसर निरज श्रेष्ठले बताए । उनले भने–“हामी हरेक वर्ष मुस्ताङलाई केन्द्र बनाएर प्रशिक्षण संंगै स्की च्याम्पियिनसिप गर्ने गरेका छौं, यो क्रम चौथो वर्षमा छ ।” नेपालमा सम्भावना भएर पनि लुकेर रहेको स्कीलाई जिवन्त प्रदान गर्न स्की संघले हेरक वर्ष आफ्नो क्यालेण्डर तय गरेको उनले जनाए ।

चार दिनको प्रशिक्षण पश्चात खेलाडीहरु च्याम्पियनसिपमा सहभागीहुने छन् । प्रतियोगिता अन्तर्गत अल्पाइन स्कीको च्याम्पियनसिप गराइने छ भने क्रस कन्ट्रीको डेमेस्ट्रेसन खेल समेत हुने श्रेष्ठले बताए । चार दिन सम्म चल्ने प्रशिक्षणमा प्रशिक्षकहरु कुल बहादुर गुरुङ, शेर बहादुर गुरुङ, ध्रुव सेन र डोल बहादुर गुरुङले प्रशिक्षण दिने कार्यक्रम तय भएको अर्का अफिसिल अर्जुन श्रेष्ठले बताए ।

नेपाल स्की संघले दोस्रो र तेस्रो च्याम्पियनसिप पनि मुस्ताङमा नै आयोजना गरेको थियो ।संघले मुस्ताङलाई स्की हबका रुपमा विकास गर्ने योजना बनाएको छ । साथै हिउ पर्यटनका लागि पनि मुस्ताङको सम्भावना रहेको छ । पहिलो राष्ट्रिय स्की च्याम्पियनसिप भने रसुवाको लाङटाङ क्यानजेनमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय