२०७८ फागुन १६,काठमाडौ / स्थानिय निर्वाचनका लागि ८० वटा दलहरुले निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएका छन। यहि २०७९ को स्थानिय निर्वाचनको घोषणा भैसकेको हुनाले निर्वाचनमा सहभागी हुनका लागि दलहरूले निवेदन दिएको हो।
निर्वाचन आयोगको राजनीति दल व्यवस्थापन शाखाका अनुसार स्थानिय निर्वाचन २०७९ का लागि ८० वटा राजनीति दलहरूले निवेदन पेस गरिएको जानकारी प्रदान गरेको छ।आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले दिएको जानकारी अनुसार ११० वटा दलहरूले मान्यता प्राप्त गरिएको भएता पनि वर्तमान हुन लागेको निर्वाचनको लागि ८० दलहरुले मात्र निर्वाचनमा भाग लिन दर्ता भएको जानकारी प्रदान गरेको हो।
निर्वाचन आयोगमा हाल सम्म दलदर्ताका लागि दिएको निवेदनमा ६ वटा राजनितिक दलले मात्र राष्ट्रिय मान्यता प्राप्त गरेको छ।नेपाली काङ्ग्रेस,माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी जसपा मान्यता प्राप्त दलहरु हुन।राजनीतिक दल सम्बन्धि ऎन २०७३ को दफा ४८ ले आयोगमादर्ता कायम रहेका दलहरु निर्वाचनमा जानका लागि आयोगमा भाग लिन दल दर्ता अनिवार्यको व्यवस्था गरेको छ।







