काठमाडौ, फागुन २८ । प्रधानमन्त्री शेरवहादुर देउवाले युक्रेनबाट बाहिरिएका नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिनुभएको छ।
युक्रेनको सिमा नाका तेस्रो मुलुक हुँदै स्वदेश फर्कन चाहेका नेपाली नागरिकमध्य चार जना नेपाली शनिबार नेपाल आइपुगेका छ्न।उनीहरुलाई स्वदेश फर्काउन भारत सरकारले चलाएकको अभियानमा सामेल गराउन सहयोग गरेकोमा भारतीय समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री देउवाले आभार प्रकट गर्नुभएको हो।
उहाँले सामाजिक संजाल ट्विटरमालेख्नु भएको छ,चार जना नेपाली भर्खर नेपाल आइपुगेका छन,अप्ररेसन गङगाको माध्यमबाट नेपालीलाई यहाँ ल्याउन सफल भएकामा प्रधानमन्त्री मोदि र भारत सरकारलाई धन्यवाद। हालसम्म ५६५ जना नेपालीले युक्रेनबाट उद्घार भएको छ। गोरखापत्र बाट







