नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ०४ मा यहि बैशाख ३० गते हुन गइरहेको स्थानियतह निर्वाचनका लागि उम्मेदवारीहरुको टुंगो लगाएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ०४ ले आसन्न निर्वाचन नजिकिदै गर्दा उम्मेदवारीहरुको नाम हिजो बसेको बैठक बाट निश्चित गरेको हो।बैंठकबाट अध्यक्षमा जगत कार्की ,महिला सदस्यमा चमेली श्रेष्ठ ,दलित महिला सदस्यमा गोमा परियार ,वडा सदस्यमा जीवन थापा तथा उत्तम खड्काको नाम टुंगो लगाएको हो।
नेकपा एकीकृत समाजवादीको १३ वटा नै वडाहरुमा निर्वाचनको उम्मेदवारहरु निश्चित भैसकेको जानकारी प्राप्त भएको छ भने वडास्तरमा एकलाएकलै निर्वाचनमा जान सक्ने भनी तयार रहन पनि अप्रत्यक्ष सर्कलर जारी भएको जानकारी विशेष श्रोत बाट प्राप्त भएको हो।







