श्रीलंकामा चरम आर्थिक संकटपछीको राजनीतिक सङ्कटमा नराम्रो फसेको श्रीलंकालि शनिबार ब्यापक प्रदशनमा उत्रेको छ भने श्रीलंकामा गम्भीर सङ्कट उत्पन्न भए सङगै राष्ट्रपति भवन हजारौं नागरिकले घेराउ गरि नियन्त्रण लिएका छन।

सेनाले राष्ट्पति गोटाबाया राजापाक्षेलाई सुरक्षित उद्घार गरेर अन्यत्र लगेको छ भने प्रधानमन्त्री रनिल बिक्रामासिङ्घे द्वारा राजीनामा दिने तयारी गरेको छ।

लामो समयदेखी निरन्तर आर्थिक र राजनीतिक सङ्कटको चपेटामा परेको श्रीलंका शनिबार कर्फ्युको बाबजुद पनि हजारौं त्यहाका नागरिकको उपस्तिथि रहेको थियो साथै उच्च सुरक्षाको ब्यवस्थाको बाबजुद पनि लाखौंको जनसागर रास्ट्रपति भवन प्रवेश गरेपछी सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु निरीह बनेको डेलि मिररले सार्वजनिक गरेको भिडियो समेत देख्न सकिन्छ।

श्रीलंकामा निरन्तर चर्को इन्धन अभावका कारण सार्बजनिक यातायात लामो समयदेखी बन्द थियो यधपी बन्दका बाबजुद पनि स्थानिय पैदल, साइकल, ट्र्कभ्यानमा आदिमा राजधानी कोल्मबो पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय