पार्टीको विधान संशोधन गर्दै नेपाली काङ्ग्रेसमा थप नयाँ १० जना केन्द्रिय सदस्य थपिएको छ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जना सदस्य थपेका छन्। पार्टी विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १० बमोजिम देउवाले १० जना महिला केन्द्रीय सदस्य थपेका हुन्।

थपिएका केन्द्रीय सदस्यमा किरण यादव (महोत्तरी),  राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ) छन भने कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) पनि कांग्रेस केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

यससँगै कांग्रेसको केन्द्रीय कार्यसमिति १५८ सदस्यीय बनेको छ। सभापति देउवाले विधानबमोजिम केन्द्रीय समितिमा ३३ जना सदस्य मनोनयन गर्न पाउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय