काठमाडौं उपत्यका विकास प्राधिकरणले आईतबार २६ गते प्रस्तावित धोविखाला सुधार तथा कपन बुढानिलकण्ठ बाढी नियन्त्रण आयोजनाको बारेमा सम्बन्धित बिषयका बिज्ञहरु सहित छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शहरी बिकास मन्त्री मेटमणि चौधरी, संघिय सांसद गगन कुमार थापा, प्रदेश सांसद कुसुम कुमार कार्की, न्युछेमान श्रेष्ठ, सरोकारवाला व्यक्तिहरुको सहभागीता सम्पन्न भएको हो ।

प्रस्तावित आयोजनालाई प्रभावकारी रुपमा अगाडि बढाउन र कपन क्षेत्रमा बर्सेनि भोग्नु परेको बाढीको समस्यालाई न्युनिकरण गर्ने दिगो उपाय अपनाउने उदेश्यले सम्बन्धित क्षेत्रका बिज्ञहरुवाट सुझाव संकलन गर्दै र समस्य ग्रस्त ठाउँको बस्तुस्थिति बुझेर अगाडि बढ्नको लागि स्थानीयका समस्यालाई सुनेर संबोधन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको प्राधिकरणका बिकास आयुक्त जानुका ढकालले बताएकी छन । त्यसैगरी काठमाडौं उपत्यकाको गुरुयोजना तयारीको चरणमा रहेकोले डुवान क्षेत्रलाई समेत ध्यानमा राखि त्यस क्षेत्रको ड्रेनेज सिस्टम लगायत समेतलाई मास्टर प्लानमा समेट्ने र स्थानीय तह, स्थानीय वासि, बिज्ञ सबैसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाईन् । बाढीको समस्या आजको मात्र नभएको र सबै यसमा कुनै न कुनै रुपमा दोषि भएकोले सबैले जिम्मेवारी लिदै अब समस्या भईसकेपछि विगतमा के भयो होईन अब के गरेर समाधान गर्ने भन्ने तर्फ लाग्नुपर्ने बताईन । हामीले खोला, खोल्सि, कुलो बग्ने ठाउँ र छेउछाउमा कङ्क्रीट संरचना बनाएकोले खोलालाई बग्ने ठाउँ बर्षाको समयमा पुग्दैन त्यसकारण पनि शहरी बाढी बढेको र समस्या उत्पन्न भएको हो, हामीले बनाएको समस्या हामीले नै समाधान गर्नुपर्छ त्यसको लागि उपत्यका विकास प्राधिकरण लागि परेको बताईन ।

कार्यक्रममा मा. गगन कुमार थापाले बाढी आउनासाथ आफुले गाली खाने गरेको र आफु सधैं डुवान नियन्त्रणको लागि लागि परिरहेको बताए । अब प्रस्तावित आयोजनाले एकीकृत रुपमा काम गर्योभने मात्रै प्रभावकारी हुने बताए ।

त्यस्तै मा.शहरी बिकास मन्त्री मेटमणि चौधरीले आफु मा.गगन थापाले ल्याएको प्रस्तावमा सय प्रतिशत भन्दा बढी सहयोग गर्ने र प्रस्तावित नाम आगामी बस्ने मन्त्री परिषद्बाट स्वीकृत गराउने गरि आफु लागि परेको र संभवत स्वीकृत हुन्छ भन्ने आफुलाई लागेको बताए । डुवान नियन्त्रणका लागि सुझाव दिएका थिए भने स्थानीय पीडितहरुले आफ्नो समस्या राख्दै त्यस क्षेत्रमा आफुहरुले दुख्ख गरेर थोरै थोरै पैसा जम्मा गरेर जग्गा किनेर बसेकाले मार्का नपर्ने गरि सरकारले सोचिदिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय