काठमाडौ क्षेत्र नं.५ मा आगामी मंसिर ४ गते हुन गईरहेको संघिय तथा प्रादेशिक निर्वाचनमा नेपाली कांग्रेसको अहमता र अन्य दलहरुप्रतिको अवमुल्यन एवं एकोहोरो दावीले नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले व्यापक असन्तुष्टि व्यक्त गरेका छन।सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा पश्चात उक्त क्षेत्रमा गठबन्धनका केहि बैठकहरु भएता पनि केही ठोस एवं उपलब्धिमुल निर्णय नभएको हुँदा अन्योल सिर्जना भैरहेको छ। उक्त निर्वाचन क्षेत्र अन्तरगत ५ (२) मा नेकपा एकीकृत समाजवादीका नेताहरुले दावी गरिरहदा नेपाली काङ्ग्रेसको तर्फबाट लिङ्देढिपी जारी राखे उक्त निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीले सहयोग नहुने भनी सो दलका संयोजकले आफ्नो सामाजिक संजालमार्फत विरोध गरिसकेको अवस्था छ ।

काठमाडौ क्षेत्र नं.५ मा २०७४ सालको संघिय तथा प्रादेशिक निर्वाचनबाट एमालेले संघ तथा प्रदेश क र ख दुवै सिट हात पारेको थियो।सरकारले संघ र प्रदेशको निर्वाचन घोषणा गरे पश्चात् गठवन्धन को सम्वन्धमा र चुनावी रणनीतिको विषयमा केही अनौपचारिक छलफल भएता पनि ठोस निष्कर्ष मा पुग्न नसकेको हुँदा उम्मेदवारी दर्ता गर्नु पर्ने समय सन्निकट आईपुग्दा पनि दलका कार्यकर्ताहरु कुहिरोका कागहरु झैं अन्यौलग्रस्त छन।यसै सन्दर्भमा काठमाडौ क्षेत्र नं.५(२)मा नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता एवं लामो समय देखि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर उक्त निर्वाचन क्षेत्रको हरेक पक्षको विकासका लागि जीवन समर्पण गर्ने लोकप्रिय समाजसेवी बालकृष्ण श्रेष्ठ संग जिज्ञासा राख्दा काठमाडौ क्षेत्र नं.५को संघिय सांसदको उम्मेद्वार नेपाली कांग्रेसको उम्मेद्वार बनाउने हो भने काठमाडौ क्षेत्र नं.५(२) मा गठवन्धनको मर्म आत्मसात गरेर नेकपा एकीकृत समाजवादीको उम्मेदवार बनाउनु पर्ने जिकिर गर्नु भयो।यदि यो क्षेत्रमा एकीकृत समाजवादीको उम्मेद्वार नबनाउने हो भने सजिलै पराजितको बाटो रोजेको भन्ने बुझिन्छ।नेकपा एकीकृत समाजवादीको आधारशीला रहेको यस प्रदेशमा गत स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको अहमता र अन्य दलहरुको महत्वाकांक्षा ले गठवन्धन नहुँदा जुन परिणाम भोग्न वाध्य भएको छ यस्तै परिणाम आउने बताउनु भयो।

२०४६ सालको जन-आन्दोलन २०६२/०६३को लोकतान्त्रिक आन्दोलनमा जसरी लोकतान्त्रिक शक्ति र प्रजातान्त्रिक शक्ति मिलेर आन्दोलन छेडे त्यसै गरि गत स्थानिय तहको निर्वाचनमा भएको पराजयको गम्भीर समीक्षा गरेर २-४ स्थानको लोभ नगरी महत्वाकांक्षा नबोकेर संगसंगै प्रतिगमन शक्तिका विरुद्ध लाग्ने हो भने विजय सुनिश्चित छ।घमण्डले अगाडि बढ्न सकिँदैन,विजय उन्मुख संघिय सांसदको त कुरै छोडौं दुबै प्रदेश सांसद गुम्न सक्ने निश्चित छ।यस क्षेत्रमा गठवन्धन को मर्म र भावनालाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका नेताहरुले नबुझे जति सुकै व्हीप लगाउने र भोट दिन निर्देशन दिए पनि वा अनुरोध गरे पनि यतिखेर कार्यकर्ताहरु र शुभचिन्तकहरु भोट दिन वाध्य हुने छैनौं र गम्भीर दुर्घटना तिर जाने संकेत देखिएको छ भनी बताउनु भएको छ ।

 

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ५  मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले १८२७  मत प्राप्त गरेका छन।२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ मा विजयी बनेका नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले २३०२९  मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका डा. प्रकाश शरण महतले १३१६९ मत प्राप्त गरेका थिए।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय