काठमाडौं ३ मा माओवादी केन्द्रलाई उम्मेद्वारी  निष्क्रिय पार्न दबाब देखिएको छ। सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले पाएको क्षेत्रमा माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईंको उम्मेदवारी कायम रहेपछि कांग्रेसले फिर्ताको लागि दबाब बढाएको हो। यस क्षेत्रमा कांग्रेसका उम्मेदवार सन्तोष चालिसे मैदानमा छन्।

काठमाडौं ३ मा कांग्रेसबाट प्रदेशसभातर्फ ‘क’ मा कांग्रेसका छिरिङ दोर्जे लामा र बिमल ठकुरी उम्मेदवार छन्। माओवादी केन्द्रले पनि प्रदेशतर्फ ‘क’ मा कपिलमुनि उप्रेती र ‘ख’ मा महेश्वर फुयाँललाई उम्मेदवार बनाएको छ। कांग्रेसले संघ र प्रदेशतर्फ दुइवटै निर्वाचन क्षेत्रको उम्मेद्वारी निष्क्रिय गर्न दबाब दिँदै आएको छ।

उम्मेदवारी फिर्ता नगरेपछि निर्वाचनमा सत्ता गठबन्धनको उम्मेद्वार जिताउन उम्मेद्वारी निष्क्रिय पार्न प्रयास भइरहेको काठमाडौं ३ का चुनावी अभियान संयोजक हरिबोल भण्डारीले जानकारी दिए। कांग्रेस नोतहरु गठबन्धनमा समझदारी विपरित माओवादीको बागी उम्मेदवारी परेको टिप्पणी गर्छन्। चुनावी अभियान संयोजक हरिबोल भण्डारी उम्मेद्वारी निष्क्रिय गरेर कांग्रेस उम्मेद्वारको पक्षमा माहोल बनाउने प्रयास सकारात्मक रुपमा अघि बढिरहेको दाबी गर्छन्।

‘हामीले गठबन्धनलाई धर्मका रुपमा मानेका छौँ यसको पालना माओवादीले पनि गर्नुपर्छ। काठमाडौ ३ मा गठबन्धनका उम्मेद्वार  पराजित हुने अबस्था सिर्जना गर्नु गठबन्धनको हार हो,’उनले भने,‘उहाँहरु पनि शीर्ष तहमा छलफल गरेर फिर्ता लिन सकारात्मक हुनुहुन्छ। यसको पहल भइरहेको छ। यसलाई शीर्ष तहले पनि तत्काल ध्यान दिनुपर्छ।’ यो समाचार नया पत्रीकाबाट ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय