राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट मासिक पारिश्रमिक १ लाख ५० हजार ४५० रुपैयाँ पाउँदै आउनुभएको छ साथ उपराष्ट्रपति नन्दबहादुरले १ लाख ८८ हजार ३० रुपैयाँ पाउँदै आउनुभएको छ पोशाक सुविधामा राष्ट्रपतिलाई वर्षको २५ हजार र उपराष्ट्रपतिलाई २० हजार दिने व्यवस्था राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ मा व्यवस्था गरिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको बिमा सुविधा बापत २५ लाख रुपैयाको छ भने पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले घरभाडा बापत मासिक बुझ्दै आएको छ। पूर्वराष्ट्रपति लगायत पूर्वपदाधिकारीलाई प्रतिव्यक्ति एउटा गाडी मासिक दुई सय लिटर इन्धन लगायत मोबाइल मर्मत खर्च, सवारी चालक कर्मचारी र कार्यालय सहयोगी समेत राज्यले उपलब्ध गराइरहेको छ । पूर्व पदाधिकारी भन्नाले राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रधानन्याधिस संविधानसभाका प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्ष बुझिन्छ ।
एकलाख रुपैयाँ बुझ्दै आएका वर्तमान र पूर्व पदाधिकारी राज्यकालागि सेतो हात्ती बनिरहेका छन् पूर्व पदाधिकारीहरुलाई राज्यले गर्ने खर्च भने बालुवामा पानी हालेसरह बनिरहेको छ । बर्तमान राष्ट्रपतिको ७ वर्षको कार्यकाल सकेर अबको एक महिनापछि विदा हुने राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले पाउने सेवा सुविधा लिनेछ । नेपालमा पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिको आफ्नो कार्यकाल सकिरहदा दलहरु भने तेस्रो राष्ट्रपतिको खोजीमा जुटेका छन् ।







