त्रिभुुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियुु) निर्वाचनको मिति चैत ५ गते हुने भएसङ्गै पब्लिक युथ क्याम्पसको सभापतिमा बिकास भट्टराईले उम्मेदवारी दिने भएका छन। उनको नेतृत्वमा विद्यार्थीको समस्या समाधान गर्ने एवं विद्यार्थीको आवाज बुलन्द पार्ने कृयाशिल भएर लागेका क्याम्पस प्रशासनमा समेत लोकप्रिय र राम्रो छवि बनाएका क्याम्पस विद्यार्थी नेता हुन।

साथै बिभिन्न पदका लागि फरक(फरक विद्यार्थी संगठनका विद्यार्थी नेताहरुको नाम चर्चामा आउन थालेको छ । बिगत १४ बर्षदेखि स्ववियुको निर्वाचन हुन सकेको थिएन ।

पब्लिक युथ क्याम्पसमा सभापतिका लागी भट्टराईले आफ्नो उम्मेदावारी घोषणा गर्ने तयारी गरेका चितवन जिल्ला खैरहानी नगरपालीका स्थायी घर भई हाल अध्ययनको शिलशिलामा काठमाडौं बस्ने बिकाश भट्टराई पनि पब्लिक युथ क्याम्पसमा स्ववियु सभापति लागी चुनावी तयारी थालेका छन् ।

युवा विद्यार्थी नेता भट्टराईका अनुसार “हालसम्म कयौ पटक स्ववियु निर्वाचन भएता पनि हामी विद्यार्थीहरूका समस्याहरू सधैभरी समस्या नै रहिरहेको र यस्ता समस्या समाधानको लागी स्ववियुमा राजनीति जोगाँउनका लागी विद्यार्थी बनेका आयातित राजनीतिज्ञले नभई नियमित बास्तविक विद्यार्थीहरूले ठाउॅं पाउनुपर्ने” उनको भनाई रहेकोे छ ।

बिगतमा समयमा निर्वाचन नभैदिदा आज त्रिभुवन विस्वविद्यालयमा चरम लापरबाही र बिद्यार्थीको भबिस्यमाथि खेलवाड भैरहेको बताएका छन उनले आफ्नो उम्मेदवारीको प्रमुख कारण यस्ता तमाम समस्याहरूको अल्पकालीन समाधान नभई दिगो समाधानको लागी आफ्नो उम्मेद्वारी रहने बताएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय