अनेरास्ववियू त्रिभुवन बिश्वबिद्यालय राष्ट्रिय कमिटीको प्रथम भेलाको कार्यक्रम सब्य तथा भब्यरुपमा आयोजना भएको छ। बानेश्वर अवस्थित बानेश्वर क्याम्पसको सभाहलमा उक्त कार्यक्रम आयोजना भइ सम्पन्न भएको हो।

त्रिभुवन बिश्वबिद्यालय राष्ट्रिय कमिटिका अध्यक्ष प्रकाश थापा क्षेत्रीको अध्यक्षतामा आयोजना भएको उक्त भेलामा स्ववियु निर्वाचन केन्द्रित रहेको जानकारी कमिटीका अध्यक्ष क्षेत्रीले बताएका छन ।

आजको सो कार्यक्रमको प्रमुख अतिथिमा रामकुमार भट्टराई पोलिटब्युरो सदस्य तथा विद्यार्थी फाट प्रमुखले गर्नुभएको थियो भने विशेष अतिथीमा बागमती प्रदेश सदस्य लक्ष्मण लम्साल तथा अनेरास्ववियू केन्द्रीय कमिटिका अध्यक्ष सुदेश पराजुली रहेका थिए भने केन्द्रिय पदाधिकारी लगायत विभिन्न क्याम्पसबाट ३०० भन्दा बढी प्रतिनिधिहरुको उपस्थित रहेको कमिटिका सचिव बिषम राजबंशिले जानकारी दिएका छ्न ।

आजको सो प्रशिक्षण कार्यक्रम त्रिभुवन बिश्वबिद्यालय राष्ट्रिय कमिटिद्वारा आयोजना भएको कार्यक्रममा प्रमुख तथा विशेष अथितिगणबाट स्ववियु लक्षित प्रशिक्षण दिएको सो कार्यक्रमलाई त्रि.वि इन्चार्ज नारायण शर्माद्वारा विस्तार तथा पुर्णता प्रदान गरि भब्य समापन गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय