संघिय सरकारमा गठबन्धन दलको भागबन्डा मिले सङ्गै बागमती प्रदेशमा पनि भागबन्डा मिलाउनको लागि कार्यदलको बैठक बस्ने तयारी भएको छ । राप्रपाले यसअघि नै आफ्नो समर्थन फिर्ता लिदा अल्पमतमा परेको शालिकराम जमरकटेल नेतृत्वको सरकारलाई पुर्न बिश्वासको मत लिनुपरेको थियोे ।

प्रदेशको सबैभन्दा ठुलो दल कांग्रेस र माओवादी केन्द्रको काठमाडौँमा बसको बैठकले मन्त्रालयको भागबन्डा मिलाउन कार्यदल बनाएको थियो । बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र मुख्यमन्त्री जम्कट्टेलले भागबन्डा मिलाउन कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले प्रदेशको भागबन्डा मिलाउने गरि अधिकार प्रदान गरिएको छ ।

कार्यदलको नेतृत्व कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले गरेका छन् भने ७ सदस्यीय कार्यदलमा कांग्रेसबाट ३ माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट १÷१ जना सदस्य रहेका छन् ।

उक्त समितिमा कांग्रेसबाट चित्रकार, संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्ले र तीर्थ लामा रहेका छन् भने माओवादी केन्द्रबाट सरल सहयात्री र मुख्य सचेतक रत्नप्रसाद ढकाल रहेका छन भने एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रराज बज्राचार्य रहेका छन् ।

बैठकले सरकारमा सत्ता साझेदार ४ दलहरूलाई हैसियत अनुसार मन्त्रालय भागबन्डा गरिने कार्यदलका संयोजक एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए । संभव रहेसम्म बिहिबार नै भागबन्डाको निर्णय गरिने र समितिका सदस्यहरुले आ–आफ्नो दलको नेतालाई जानकारी गराउने उनले बताए । उक्त कार्यदलको निर्णय अनुसार केन्द्रमा समन्वय गरेर सरकार विस्तार र मन्त्रीहरुको शपथको कार्यक्रम तय गरिने उनले बताए ।

तत्कालीन सत्ता गठबन्धन भत्किएपछि नेकपा एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिएका थिए । राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको सत्ता समीकरण अनुसार राप्रपा र एमाले सरकारबाट बाहिरिएका थिए । केन्द्रमा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतको सत्ता समीकरण बने पछि प्रदेशमा पनि एमाले र राप्रपा सरकारबाट नलगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय