बैशाख , २९ काठमाडौ । बुढानिलकण्ठ  नगरपालिकामा कोरोना संक्रमितको संख्या आजको दिनको तथ्यांकअनुसार : बूढानीलकण्ठ कोरोना अपडेटः थप ७४ जनामा संक्रमण पुष्टि, थप दुईजनाको मृत्यु, कुल संक्रमित संख्या ९१०

यसरी दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको भन्दै बागमती प्रदेशका मुख्य सचेतक समेत रहेका दिपक निरौलाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल जान र आउन समस्या भएकोले बिरामीलाई अस्पताल पुर्याउनका लागी आफूले चढ्दै र प्रयोग गर्दै आएको गाडी बिरामीको सेवाको लागि  प्रदान गर्न जानकारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,  प्रमूख प्रशासकीय अधिकृत राजेन्द्र कार्की , स्वस्थ शाखा  प्रमूख कुमार दाहाल लगायतको उपस्थितिमा  गाडी हस्तान्तरण गर्दै  गरेका छ्न ।निरौलाले निषेधाज्ञा अवधिभर बिरामीहरुको उपचारका लागी अस्पताल लैजान ल्याउन  बिरामी को  लागि सहज बाताबरण  सृजना गर्न सकियोस् भन्ने  अभिप्राय ले यो सेवा प्रदान गर्न  प्रयोग गरिने जानकारी दिएका छन।
सो गाडी आजै देखी बिरामीको उपचारमा प्रयोग गरिने बताउदै नगरपालिकाले  आफ्नो सुविधा भन्दा पनि जनता को सेवा को लागि सोच बनाएकोमा नगरपलिकाकाे तर्फबाट धन्यवाद दिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय