असार १० । स्नातक दोस्रो वर्षको रोकिएको परीक्षाहरू ५ देखि साउन ९ गतेसम्म सम्पन्न हुने बोर्डले तय गरेको छ।
बोर्डका अनुसार स्नातक प्रथम वर्षका परीक्षार्थीहरूको परीक्षा साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विषयको परीक्षा सम्पन्न गर्ने निर्णय भएको परिक्षा नियन्त्रण पुष्पराज जोसिले जनाए। बिद्यार्थीलाई परिक्षामा दिन सजिलो होस भनी विद्यार्थीलाई केन्द्र छनौटको अवसर दिइने छ।
बिहीबार बोर्डले कार्यतालिका प्रकाशित गर्छ। शुक्रबारदेखि आइतबारसम्मका विद्यार्थीलाई केन्द्र छनौटको लागि सूचना प्रकाशित गरिन्छ।
नियन्त्रक पुष्पराज जोशीका अनुसार विगतमा बढीमा दुई सय ४० केन्द्र मात्र तोकिने गरिन्थ्यो भने यसपटक देशभरिमा तीन सय परीक्षा केन्द्रबाट चार लाख विद्यार्थीले परीक्षा दिने तय भएको छ। ‘यसपटक परीक्षाहरू बिहान एक सिफ्टमा मात्र हुने बोर्डले तय गरेको छ,’ नियन्त्रक जोशीले भने, ‘कोरोना जोखिमका कारण लकडाउन जारी नै रहेको अवस्थामा विद्यार्थीलाई बढीमा हिँडेर आधा घन्टाको दूरीमा केन्द्र तय गरिएको छ।







