ट्राफिक प्रहरीले भोलि अत्यावश्यक कामबाहेक सवारी लिएर ननिस्किन अनुरोध गरेको छ।भोलिको दिनमा विभिन्न र्याली तथा कार्यक्रमहरु भएको हुँदा उक्त अनुरोध गरेको हो ।

युवा संघ नेपाल र दुर्गा प्रसाईँ समूहले गर्ने कार्यक्रमका कारण काठमाडौं उपत्यकाको सवारी व्यवस्था असहज हुन सक्ने आकलन गर्दै ट्राफिक प्रहरीले सूचनामार्फत उक्त अनुरोध गरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले घरबाट निस्किनुअघि ट्राफिक प्रहरीसँग सम्पर्क गरेर सडकको अवस्था जानकारी लिएर निस्किन आग्रह गरेको छ।भोलि युवा संघले काठमाडौंको तीनकुने र प्रसाईँ समूहले बल्खुमा कार्यक्रम गर्ने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय