हेन्ले पासपोर्ट इन्डेक्स २०२४ को सूची सार्वजनिक भएको छ।सूचीमा नेपाल ९८ औँ स्थानमा रहेको छ। नेपालीहरुले अन अराइभल भिसामा ४० वटा देश प्रदेश गर्न पाउनेछन्। छिमेकी मुलुक भारतको पासपोर्टबाहकले भने बिना भिसा ६२ वटा देश यात्रा गर्न पाउनेछन्। भारत हेन्ले पासपोर्ट इन्डेक्सको सूचीमा ८० औँ स्थानमा रहेको छ।
२०२४ यो वर्ष यो सूचकांकमा केही परिवर्तन आएको छ। सिंगापुर र जापानसँगै युरोपका अन्य ४ देश शीर्ष स्थानमा आएका छन्।फ्रान्स, जर्मनी, इटाली र स्पेनका पासपोर्टधारीले सिंगापुर र जापानजस्ता २२७ गन्तव्यमध्ये १९४ वटा भिसा फ्री (अन–अराइभल) प्रवेश गर्न सक्छन्। हेन्ले पासपोर्ट इन्डेक्समा अमेरिकासँगै दक्षिण कोरिया, स्वीडेन र फिनल्यान्ड दोस्रो स्थानमा छन्। यी देशका पासपोर्ट भएकाले बिना भिसा १९३ देशमा जान पाउनेछन्।
ब्लुमबर्गको रिपोर्टअनुसार अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड र नेदरल्यान्ड संयुक्त रुपमा तेस्रो स्थानमा छन्। यी देशका पासपोर्टवाहकले १९२ देशको यात्रा गर्न सक्छन्।
यो सूचीमा खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) ले सबैभन्दा धेरै प्रगति गरेको छ। यूएई गत वर्ष हेन्ले इन्डेक्समा १४ औँ स्थानमा थियो तर यो वर्ष यूएईको पासपोर्ट ११ औँ शक्तिशाली पासपोर्ट बनेको छ। यूएई पासपोर्टधारकले बिना भिसा १८२ देशमा जान सक्छन्।
यस्तो छ नेपालको पासपोर्टको अवस्था तथ्यांकमा आधारित हुँदा ।








