राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार बनेकालाई चुनाव चिह्न प्रदान गरिएको छ। निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्तिम नामावली सूचीमा रहेकालाई निर्वाचन कार्यक्रम अनुसार शनिबार चुनाव चिह्न प्रदान गरेको हो।

प्रदेश निर्वाचन कार्यालय बागमतीका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न प्रदान गरिएको जानकारी दिएको छ निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले छ वटा राजनीतिक दलका गरी राष्ट्रिय सभा सदस्यका १५ उम्मेदवारको उम्मेदवारी कायम गरेको छ।

राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमध्ये बागमती प्रदेशमा महिला, अल्पसङ्ख्यक÷अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनाका लागि निर्वाचन हुँदैछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय