असार २९ काठमाडौ / बुढानिलकण्ठ नगरपालिकामा यहि असार ३० र ३१ गते दुईदिन र श्रावण को १ गते कोभिड १९ विरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ। बुढानिलकण्ठ नगरपालिकाले आज एक सुचना मार्फत उक्त जानकारी गराएको हो।
बुढानिलकण्ठ स्वास्थ चौकी चपली घुम्ती र करुणा हस्पिटल चुनिखेल घट्टचोकमा बिहानको १० बजे बाट बेलुकी ४ बजे सम्म कोभिड-१९ विरुद्धको खोपकेन्द्रमा पहिलो मात्रा लगाइने भएको छ ।
पहिलो मात्राको उक्त खोप लगाउने उमेर समूह अन्तरगत ५५ बर्ष माथीका पहिला खोप नलगाएका बिश्वबिधालय ,प्राध्यापक ,शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक तथा नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संल्गन ब्यक्तिहरु लगायत बिदेशमा जाने ब्यक्तिहरु जहाँ खोप अनिवार्य गरेको छ ती समुहहरु लाई कोभिड विरुद्धको चाइनिज भेरोसेल पहिलो मात्रा लगाइने भएको हो।
आफ्नो नजिकको खोपकेन्द्र मा जादा उमेर खुल्ने परिचय पत्र र आफ्नो पेशा खुल्ने परिचय पत्र लिएर जान भनिएको छ । खोपकेन्द्रमा आउदा अनिवार्य मास्क लगाएर र स्वास्थको मापदण्ड पालन गर्न पनि सुचनामा उल्लेख गरिएको छ।







