नेपाल प्रहरी साइबर ब्युरोले सामाजिक सञ्जालमा जथाभावी लेख्ने एवं विभिन्न व्यक्तिहरूको चरित्रमा आघात पुर्याउने जस्ता गतिविधि नगर्न भन्दै अनुरोध गरेको छ।
सामाजिक सञ्जालको प्रयोग गरि विभिन्न व्यक्तिहरूलाई एवं संगठनहरूलाई लक्षित गरी चरित्रमा निर्मम आघात पुर्याउने उद्देश्यले अरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा सामाजिक पारिवारिक तथा राजनीतिक चरित्र हत्या गराउने घटनाक्रम बढ्दै गएको भन्दै साइबर ब्युरो नेपाल प्रहरी प्रधान कार्यालयले त्यस्ता गतिविधि नगर्न भन्दै अनुरोध गरेको छ।
साथै यस्तो गतिविधि र त्यस्ता कार्य गरेको पाइएमा त्यसको जिम्मेवारी एवं जवाफदेहिता स्वयं आफू हुनुपर्ने भएको हुँदा र त्यसबाट आइपर्ने कानुनी झन्झट पर्नबाट जोगिन अनुरोध गर्दै नेपाल प्रहरी साइबर ब्युरोले सबैमा अनुरोध समेत गरेको छ।







