सुनसरी – लगातारको वर्षाले सप्तकोशी नदीको जलसतहमा तीव्र वृद्धि भएको छ, जसका कारण अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ। आज बिहानको जलसतह ७ बजे तीन लाख ८१ हजार ८४० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको जलसतह ८ बजे चार लाख १८ हजार २८५ क्युसेकमा पुगेको छ। सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार जलस्तरमा निरन्तर वृद्धि भइरहेकाले उच्च सतर्कता अपनाइएको छ।

सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले कोशी ब्यारेजमा खतराको संकेत देखिएको बताउँदै नदी किनारका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरेका छन्। सप्तकोशी जलमापन केन्द्रले जलस्तर जोखिम बिन्दुभन्दा माथि पुगेको जानकारी दिएको छ। उदयपुर र सुनसरीका तटीय क्षेत्रमा नदीको भेल पस्ने सम्भावना बढेकाले थप सतर्कता अपनाउन निर्देशन दिइएको छ।

तर हाल कोशी नदीमा ४ लाख ६२ हजार क्युसेकको पानीको बहाव मापन गरिएको छ, जुन १९८९ पछि पहिलोपटक यस्तो उच्च स्तरमा पुगेको हो। यसले गर्दा वरपरका क्षेत्रहरूमा बाढीको जोखिम बढेको छ, र स्थानीय प्रशासनले सुरक्षित स्थानमा सर्नको लागि पनि आह्वान गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय