नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर देखिएको निरन्तर वर्षा, बाढी र पहिरोले उत्पन्न विपद्को समीक्षा गर्न सर्वदलीय बैठकको आह्वान गरेका छन्।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार, यस आपत्कालीन परिस्थितिलाई लिएर समग्र राष्ट्रको ठोस र साझा रणनीति तय गर्न सर्वदलीय बैठक बोलाइएको हो। बैठक आज बिहान १० बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आयोजना हुने छ।

यस बैठकमा सबै प्रमुख दलका नेताहरूलाई आमन्त्रित गरिएको छ, जसमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका उपायहरूमाथि विस्तृत छलफल गरिने अपेक्षा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय