काठमाडौँ — काठमाडौँको ठमेल क्षेत्रमा रहेका विभिन्न डान्सबार र क्लबहरूमा उमेर नपुगेका बालबालिकाहरूलाई प्रवेश गराएको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्। ठमेलस्थित *सेनेट क्लब* र *फायर डिस्को थेक क्लब* मा नाबालिगहरूलाई प्रवेश गराइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेको हो।

प्रहरीले उमेर नपुगेका बालबालिकाहरूलाई रात्रीकालिन मनोरञ्जनस्थलमा प्रवेश गराएर काममा लगाउने कार्यमा संलग्न रहेका जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ अन्तर्गतको कसुरमा अनुसन्धान थालिएको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा कारबाहीका लागि पठाइएको छ।

प्रहरीले उद्धार गरेका नाबालिगहरूलाई सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाएको छ। यस घटनाले बालबालिकाको सुरक्षामा गम्भीर चुनौती खडा गरेको भन्दै प्रशासनले यस्ता गतिविधिहरू रोक्न थप कडा कदम चाल्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय