विजया दशमीको भोलिपल्ट आज पनि देशभर मान्यजनका हातबाट टीका र जमरा लगाएर आशिर्वाद थाप्ने क्रम जारी छ। दशैंको मुख्य टीका लगाउने दिन हिजो भए पनि, विशेषगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीका थाप्न जाने र आशिर्वाद लिने प्रचलन अझै केही दिनसम्म रहन्छ। टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म यो पर्वलाई मनाइन्छ, जसले गर्दा आफन्तजनबीच भेटघाट, मेलमिलाप, र आशिर्वाद आदानप्रदान गर्ने चलन रहन्छ।

आज पनि विभिन्न ठाउँमा आफन्तहरू एकअर्कालाई भेट्न गइरहेका छन्। सार्वजनिक सवारीसाधन तथा निजी गाडीमा पनि आवतजावत गर्नेहरुको चहलपहल देख्न सकिन्छ। राजधानी काठमाडौंलगायत अन्य प्रमुख शहरहरूमा व्यस्तता केही कम देखिए पनि ग्रामीण क्षेत्र तथा गाउँघरमा भने टीका थाप्ने र आशिर्वाद लिने कार्यक्रम अझै चलिरहेको छ।

विशेषगरी दशैंको बेला परिवार र समाजभित्रको सम्बन्धलाई थप मजबुत बनाउने अवसरको रुपमा लिइन्छ। आजको दिन पनि मान्यजनकहाँ पुगेर आशीर्वाद लिन र टीका थाप्न टाढा–टाढाका आफन्तजन गइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय