साउन २३ बुढानिलकण्ठ / कोभिड विरुद्धको चाइनिज भेरोसेल खोपको दोस्रो मात्रा बुढानिलकण्ठ नगरपालिका १३ अव्स्थित बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ को कार्यलय नजिक रहेको नोलिन मा बि मा यहि साउन २४ गते हुने जानकारी प्राप्त भएको छ।
कोभिड विरुद्धको चाइनिज भेरोसेल पहिलो मात्रा लिएको र असार ३० , ३१ र १ गते तथा छुटेकाहरु लाई केन्द्रित गरेर यहि साउन २४ गते १ दिनको लागी मात्र खोप कार्यक्रम हुने भनी जानकारी प्राप्त भएको हो।
खोप लगाउने लक्षित समूह अन्तरगत पहिलो मात्रा लगाएका हुन भने खोपकेन्द्र आउदा अनिवार्य पहिलो मात्रा लगाएको खोप कार्ड लिएर मात्र खोप केन्द्रमा आउन तथा माक्सको प्रयोग अनिवार्य गर्न लगायत स्वास्थको मापदण्ड पूरा पालना पनि गरिने भएको हो। 







