विद्युतीय सवारी बिक्रेता व्यवसायीहरुले ग्राहकहरूलाई सवारी साधनको मर्मत तोकिएको सेवा केन्द्रमा मात्र गराउन आग्रह गरेका छन्। विद्युतीय सवारी साधनहरूमा उच्च सुरक्षा सुविधाहरू भएकाले अनधिकृत मर्मत केन्द्रहरूले थप जोखिम निम्त्याउन सक्ने उनीहरूको चेतावनी छ।

सोमबार बिहान काठमाडौंको सितापाइलामा सेरिज ब्राण्डको एक विद्युतीय गाडीमा आगलागी भए पश्चात्, बिक्रेताहरुले विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका हुन्।

सोमबार बिहान धुवाँ निस्किएको उक्त सवारी साधनमा प्रारम्भिक अनुसन्धान अनुसार अनधिकृत सेवा केन्द्रमा गरिएको मर्मत सम्भारका कारण प्राविधिक समस्या उत्पन्न भएको हुनसक्ने बताइएको छ। गाडीमा देखिएको प्राविधिक खराबी समाधान हुन नसकेपछि सर्भिस सेन्टरमा ल्याइएको थियो, जहाँ शर्ट सर्किट भएर धुवाँ निस्किएको थियो।

कम्पनीले सक्रिय सतर्कताका साथ स्थिति नियन्त्रणमा लिएको जानकारी दिएको छ। गाडीको ब्याट्री र मोटरमा कुनै क्षति नभएको र थप अनुसन्धान भइरहेको पनि उल्लेख गरिएको छ।

बिक्रेताहरुले ग्राहकहरूलाई आफ्नो सवारी साधनको सुरक्षाका लागि सधैं तोकिएका अधिकृत सेवा केन्द्रहरूबाट मर्मत सम्भार गर्न आग्रह गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय