अनेरास्ववियू त्रिचन्द्र क्याम्पस कमिटीद्वारा मृतक सुजन राउत र वीरेन्द्र शाह ठकुरीको स्मृतिमा क्याम्पस प्राङ्गणमा दीप प्रज्वलन गरेको छ।
केही दिन अघि रोजगारको सिलसिलमा कोरिया जानको लागि ललितपुर बालकुमारी स्थित पिडित इपिएस परिक्षार्थीले गरेको प्रदर्शनमा गोली लागेर मृत्यु भएका भनिएका दुईयुवाको स्मृतिमा अनेरास्ववियू त्रिचन्द्र क्याम्पस कमिटीद्वारा गहिरो भावपुर्ण स्मृतिमा दिप प्रज्वलन गरेको हो ।
मृतक युवाहरु सुजन रावत र विरेन्द्र शाहको सम्झनामा अनेरास्ववियू त्रीचन्द्र क्याम्पस कमिटीद्वारा आज साझ उक्त दिप प्रज्वलन गरेको थियोे भने कार्यक्रममा अनेरास्ववियू अध्यक्ष आरती लामा लगायत विद्यार्थी नेताहरुको उपस्थितमा उक्त दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।
बिद्यार्थी नेता आर्यन मल्लले युवाले स्वदेसमै भविस्य देख्ने वातावरण बन्नुपर्छ र सम्बन्धि निकायको गैर-जिम्मेवारी पुर्ण कार्यले गर्दा आज राष्ट्रले दुईजना सुनौलो भविस्य बोकेको युवाहरु गुमाउनु परेको छ भनी आफ्नो अभिव्यक्ति समेत व्यक्त गरेका थिए ।







