असार १८, काठमाडौ ।
अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि बैदेशिक शिक्षामा सबभन्दा आकर्षक गन्तव्य मानिएको मुलुकको रुपमा रहेको छ उच्च शिक्षा अध्ययनको लागि अस्ट्रेलिया सबैभन्दा धेरै विद्यार्थी जाने वैदेशिक मुलुक मध्य नेपाल तेस्रो स्थानमा रहेको छ।
पछिल्लो समय प्रवेशाज्ञा दिनमा कडाइ गरिएको छ अहिले लगभग १० प्रतिशत विद्यार्थीमात्र भिजा पाउने गरेको छ भने बाँकी ९० प्रतिशतले नपाएको अवस्था छ।केही तथ्यांकलाई विश्लेषण गर्ने हो भने ३ महिना अघिसम्म निवेदन दिएका हरु मध्ये ९६ प्रतिशतसम्म विद्यालयले भिजा पाउने गरेका थिए तर हाल भिसा पाउने दरमा न्यूनमात्रामा मात्र विद्यार्थीले पाउने गरेको छ ।
शैक्षिक परामर्श संघ (इक्यान) अनुसार नेपालबाट अस्ट्रेलियाको भिसाकोलागि दैनिक २०० जनासम्म आवेदन पर्ने गरेको छ तर निर्णय नभई यतिकै बसेका आवेदन मध्ये अस्विकृत हुने क्रम बढेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार पछिल्लो सातासम्म ६१ हजार ६३६ विद्यार्थीले अस्ट्रेलिया जानका लागि नोअब्जेक्सन लेटर लिएका छन्। पछिल्लो ११ महिनामा विद्यार्थीबाट नोअब्जेकसन लेटरका लागि मात्र २० करोड ५७ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।







