आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर चलिरहेको छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसाद विजयादशमीका दिनदेखि सुरु भएको हो, र यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म जारी रहनेछ। टाढा रहेका आफन्त र परिवारजनले यस अवधिमा घर घरमा गएर आशीर्वाद थाप्ने परम्परा निभाइरहेका छन्।

यसै क्रममा, राजधानीमा विजयादशमीपछि पुनः चहलपहल बढेको छ। निधारमा रातो टीका र जमरा लगाएका मानिसहरू मान्यजनकहाँ आशीर्वाद थाप्न हिँडिरहेका दृश्यहरु देख्न सकिन्छ। बडादसैँको सार्वजनिक बिदा सकिएपछि सरकारी कार्यालयहरु आजदेखि खुला भए पनि टीका र आशीर्वाद थाप्ने कार्यक्रम कोजाग्रत पूर्णिमासम्म निरन्तर चलिरहनेछ।

यस वर्ष असोज ३० गते बुधबार अखिल बलिपूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको छ, जसअनुसार नेपालीको महान् चाड बडादसैँको समापन हुनेछ। पूर्णिमाको दिन महालक्ष्मीको पूजा आराधना गर्ने परम्परा रहेको छ, जसलाई रातभर जाग्राम बसेर मनाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय