काठमाडौं – हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज, महानवमीका दिन, भक्तजनका लागि खुल्दैछ। यो मन्दिर वर्षमा एकपटक मात्र खुल्ने भएकाले विशेष महत्त्व रहेको छ। हनुमानढोका दरबार हेरचाह अड्डाले मन्दिर खुला गरेर दर्शन गराउने सबै तयारी पूरा भएको जानकारी दिएको छ।

तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो, र उनीलाई विजयादशमीका दिन बिहानमात्रै पुनः मूल मन्दिरमा फर्काइनेछ।

मूलचोकमा महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि दिने परम्परा रहेको छ। यो तान्त्रिक विधिले गरिएको कालरात्रि पूजा राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पसहित गरिन्छ।

यस विशेष अवसरमा हजारौं भक्तजनले तलेजु भवानीको दर्शन गर्ने अवसर पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय