काठमाडौँ । आज सेयर बजारमा गिरावट आएको छ । हिजो हरियाली भएको नेप्सेमा एक्कासी आज राताम्मे भएर ६०.०२ अकंले घटेर २८७६.५९ विन्दुमा पुगेको हो । हिजो ७ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएकोमा यस दिन ६ अर्ब ६४ करोड रुपैयाँमा खुम्चिएको छ।

त्यस्तै , नेप्से परिसूचक सेन्सेटिभ पनि २.१७ प्रतिशतले ११ अकंले घटेर ५३६.५१ विन्दुमा पुगको छ ।  यस दिन सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ ३१, ब्यापार ८२, होटल तथा पर्यटन ६४, विकास बैंक १५७, जलविद्युत ५३, फाइनान्स ९७, निर्जीवन बीमा ३२८, उत्पादन १८८, अन्य ६३, माइक्रोफाइनान्स ६७, जीवन बीमा ४२१ र लगानी समूह २ अंकले घटेका छन्। आज सानिमा लाइफ इन्सुसेन्सले मात्र सर्किट हानेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय